लोकसेवा तयारीका लागि MCQ अभ्यास गर्नुहोस् • दैनिक समसामयिक जानकारीका लागि हामीसँग जोडिनुहोस् • 
पछाडि
समसामयिक

समसामयिक वस्तुगत प्रश्नोत्तर

समसामयिक वस्तुगत प्रश्नोत्तर - 2083

LLoksewa News Desk 📅 भदौ 5, 2083, 10:18 PM ⏱ 5 min read 👁 100 views
समसामयिक वस्तुगत प्रश्नोत्तर
साप्ताहिक समसामयिक ज्ञान - 2083

साप्ताहिक समसामयिक ज्ञान विशेष

लोकसेवा तथा विभिन्न प्रतियोगी परीक्षाका लागि तयार पारिएको ताजा साङ्ग्रहित सार

#1 नेपाली क्रिकेट टोलीको कप्तानी जिम्मेवारीमा फेरबदल
सन्दीप लामिछाने (साउन 25, 2083)
  • रोहित पौडेलको चार वर्षे सफल कार्यकालपश्चात् उहाँ दोस्रो पटक राष्ट्रिय एकदिवसीय टोलीको कप्तान बन्नुभएको छ।
  • यसअघि क्यानले टी–20 आई टोलीको कप्तानी अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई सुम्पिसकेको छ।
#2 भलिबल विश्व वरीयतामा नेपाली पुरुष टोलीको छलाङ
83 औँ स्थान
  • अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभिबी) को नवीनतम वरीयतामा नेपाल 57 स्थान माथि उक्लँदै यो ऐतिहासिक सफलता हासिल गर्न सफल भएको छ।
#3 केन्द्रीय बैङ्क डिजिटल मुद्रा (CBDC) को अवधारणा
विसं 2083 साउन 24 मा सार्वजनिक
  • डिजिटल करेन्सीको प्रयोगले आगामी पाँच वर्षमा 50 प्रतिशतसम्म नोट छाप्ने खर्च घटी करिब रु. 4 अर्ब 73 करोड बचत हुने अपेक्षा गरिएको छ।
#4 दीर्घकालीन बागमती कार्ययोजना (दोस्रो चरण)
विसं 2082–2102 (रु. 2 खर्ब 25 अर्ब बढीको लागत)
  • आगामी 20 वर्षलाई चार फरक चरणमा विभाजन गरी 314.2 वर्गकिलोमिटर जलाधार क्षेत्र समेटिने गरी यो योजना कार्यान्वयनमा आएको छ।
#5 ‘भिपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड, 2083’ घोषणा
पाँच जना शिक्षक सम्मानित (जनही रु. 2,22,222)
  • सम्मानित हुनेहरूमा अन्जना महर्जन, शर्मिला प्रधान, राजकुमार कँडेल, प्रकाश आचार्य र मुकुन्दप्रसाद काफ्ले हुनुहुन्छ।
#6 टोकियोमा सम्पन्न ग्लोबल मिडिया सम्मेलन
‘टोकियो घोषणापत्र’ (नौ बुँदे) जारी
  • जापानको टोकियोमा नेपाल पत्रकार महासङ्घको समन्वयमा सम्पन्न सम्मेलनले प्रवास पत्रकारिताको सुदृढीकरण र नयाँ पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ।
#7 राजनीतिज्ञ गोपालमान श्रेष्ठको निधन
विसं 2083 साउन 12
#8 ओपेक (OPEC) सङ्गठनबाट युएईको ऐतिहासिक बहिर्गमन
सन् 2026 मे 1 (अप्रिल 28 मा घोषणा)
  • छ दशक लामो आबद्धता तोड्दै ओपेक छाड्ने युएई पहिलो प्रमुख खाडी राष्ट्र बनेको छ, जसले विश्व ऊर्जा राजनीतिमा नयाँ मोड ल्याएको छ।
#9 एसियन गेम्स पुरुष टी–20 छनोटमा नेपाल च्याम्पियन
विजेता: नेपाल (सिङ्गापुर प्रतियोगिता)
  • फाइनलमा डिएलएस नियमका आधारमा हङकङलाई पराजित गर्दै नेपाल एसियन गेम्सका लागि छनोट भएको छ। कप्तान दीपेन्द्रसिंह ऐरीको यो 100 औँ टी–20 अन्तर्राष्ट्रिय खेल थियो।
#10 अन्तर्राष्ट्रिय आसियन दिवस (ASEAN Day)
प्रत्येक वर्ष अगस्ट 8
  • सन् 1967 मा स्थापित यस सङ्गठनमा हाल टिमोर लेस्टेसहित कुल 11 सदस्य राष्ट्रहरू आबद्ध छन्।
#11 रणनीतिक ‘मक्का संयुक्त रक्षा सम्झौता’ सम्पन्न
सन् 2026 अगस्त 7
  • साउदी अरब, पाकिस्तान र टर्कीबिच सामूहिक सुरक्षा र प्रतिरोधात्मक क्षमता बलियो बनाउन यो ऐतिहासिक सम्झौता भएको हो।
#12 बाल्टिक सागर पौडिएर पार गर्ने पहिलो पौडीबाज
बार्तोमेइ कुब्कोव्स्की (पोल्यान्ड)
  • उहाँले लगातार 56 घण्टासम्म करिब 160 किलोमिटर दूरीको बाल्टिक सागर पौडी खेलेर ऐतिहासिक कीर्तिमान कायम गर्नुभएको छ।
#13 भाषाविद् तथा साहित्यकार डा. राजेन्द्र विमलको निधन
विसं 2083 साउन 26
  • जगदम्बाश्री पुरस्कारबाट सम्मानित बहुमुखी प्रतिभाका धनी डा. विमलका विभिन्न मैथिली र नेपाली कृतिहरू चर्चित छन्।
#14 परराष्ट्र मन्त्रालयद्वारा ‘मोफा नलेज फोरम’ सञ्चालन
सुरुवात: विसं 2083 साउन 20
  • बाह्य अनुसन्धान तथा प्राज्ञिक ज्ञानलाई मन्त्रालयको नीति निर्माण तहमा जोड्ने उद्देश्यले यो मासिक फोरमको थालनी गरिएको हो।
#15 जापान एसियाली खेलकुदमा नेपालको सहभागिता
22 खेलमा 136 खेलाडीको सहभागिता
  • जापानको आइची र नागोयामा आगामी असोज 3 देखि 18 गतेसम्म सञ्चालन हुने 20 औँ एसियाली खेलकुदका लागि यो टोली तयार भएको छ।
#16 स्मरणीय राजनीतिक विचार
"जनताको हितभन्दा माथि कुनै पनि राजनीतिक उद्देश्य हुन सक्दैन"
  • यो प्रेरणादायी भनाइ प्रख्यात नेपाली राजनीतिज्ञ पुष्पलाल श्रेष्ठको हो।
#17 कोलम्बियामा गएको शक्तिशाली भूकम्प
सन् 2026 अगस्त 10 (7.4 म्याग्निच्युड)
  • ठुलो जनधनको क्षति पुर्‍याएको यस भूकम्पपश्चात् सरकारले चोको क्षेत्र केन्द्रविन्दु रहेको सो भूकम्प प्रभावित क्षेत्रमा सङ्कटकाल घोषणा गरेको छ।
#18 तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL) को मिति
विसं 2083 कात्तिक 9 देखि मङ्सिर 5 सम्म
#19 विश्व आदिवासी दिवसको सन्दर्भ
प्रत्येक वर्ष अगस्त 9
  • ‘हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचान’ भन्ने नाराका साथ यस वर्ष 32 औँ विश्व आदिवासी दिवस मनाइएको छ।
Share

सम्बन्धित समाचार

सबै हेर्नुहोस् ›
💬सोध्नुहोस्